विश्वभर कोरोनाको त्रास कायमै रहेको बेला नेपालमा देखिएको मौसमी रुघाखोकीको समस्यालाई पनि मानिसहरु कोरोना नै हो कि भनेर आशंका गर्ने र त्रसित हुने क्रम पनि बढेको छ । मानिसहरु त्रसित बनेपनि कोरोना भाइरस र मौसमी रुघाखोकी लक्षणको आधारमा छुट्याउन सकिने कोरोना संक्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ ।
रुघाखोकीमा
- नाकबाट पानी बग्ने
- नाक बन्द हुने
- सामान्य खोकी लाग्ने
- ज्वरो १०० डिग्री आसपास हुने
- सामान्यतया २-४ दिनमा निको हुने हुन्छ ।
तर कोरोनाको संक्रमणमा लक्षण फरक हुन्छन । तल उल्लेखित लक्षण देखिएमा सरकारी अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ ।
कोरोना संक्रमणका लक्षण
क) पहिलो चरण
- ज्वरो आउने ( १०२ – १०४ डिग्री फरेनहाइटसम्म )
- सुख्खा तथा लहरे खोकी लाग्ने
- सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने
- घांटी बस्ने
- थकाइ लाग्ने ।
ख) दोस्रो चरण
- आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने
- पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने
- श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दीर्घरोगले च्यांप्दै जाने ।
ग ) तेस्रो चरण
- सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने
- धेरै छाती दुख्ने
- उठ्न निकै गाह्रो हुने
- कुराहरु विर्षने, कन्फ्युज हुने
- बेहोश हुने
Facebook Comments